एनआइसी एशिया, मानुषी र सबैको लघुवित्तले खुलायो रोजगारीको अवसर

१९ जेष्ठ २०७९, बिहीबार ११:५२

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । एनआइसी एशिया लघुवित्त, मानुषी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले छुट्टाछुट्टै सूचना प्रकाशित गरेर विभिन्न पदहरुमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

एनआइसी एशिया लघुवित्त
एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय श्रेणीअन्तर्गत सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धकमा केही संख्यामा माग गरेको हो । उक्त पदहरुका लागि संस्थाले मान्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले असार २ गतेभित्र संस्थाको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

मानुषी लघुवित्त
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीअन्तर्गत वरिष्ठ सहायक (शाखा प्रमुख) र कनिष्ठ सहायक केही संख्यामा माग गरेको छ ।

संस्थाले कनिष्ठ सहायकका लागि एसएलसी र शाखा प्रमुखको लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुबाट र कम्पनीको इमेल  [email protected] मार्फत्  दरखास्त दिन सक्नेछन् ।

सबैको लघुवित्त
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले करारमा समुह परिचालक केही संख्यामा माग गरेको छ । सो पदका लागि एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले २५ गतेभित्र संस्थाको शाखा कार्यालय, विरेन्द्रनगर सुर्खेतमा आफैं उपस्थित भई सिभि सहित दरखास्त दिन सक्नेछन् ।

 

One thought on “एनआइसी एशिया, मानुषी र सबैको लघुवित्तले खुलायो रोजगारीको अवसर

  1. Tika Kumari sariki says:

    Yes

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*