चार संस्थापक शेयरधनीको शेयर बिक्री गर्दै नेशनल माइक्रोफाइनान्स, कसको कति कित्ता ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको केही थान शेयर बिक्रीका लागि संचालक समिति समक्ष निवेदन पेश गरेकोमा कम्पनीले सो शेयर बिक्रीका लागि ३५ दिने खरिद आह्वान सूचना प्रकाशित गरेको हो ।
कम्पनीले संस्थापक शेयरधनीहरु डा. लोचन देवी मानन्धरको ६ हजार ३३५ कित्ता, माला राजभण्डारीको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको ५ हजार ७०२ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
प्रचलित नियमअनुसार उक्त शेयर प्रथम चरणमा कम्पनीका विद्यमान संस्थापक शेयधरनीहरुलाई नै खरिद गर्नुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय निलकण्ठ–३, धादिङ्गबेसी, धादिङ्गमा आफुले खरिद गर्न चाहेको शेयरमात्रा खुलाई आवेदन दिन सक्नेछन् ।
साथै तोकेको अवधिभित्र शेयधरनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य जो कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।