सगरमाथा इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ताको आधारभुत तालिम दिने
१९ जेष्ठ २०७९, बिहीबार १०:५९
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ दिने तालिम प्रदान गर्ने जनाएको हो ।
कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई ध्यानमा राखी असार १ गतेदेखि असार ४ गतेसम्म सगरमाथा इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्न लागेको हो ।
उक्त तालिममा सहभागी हुन चाहाने इच्छुक व्यक्तिले सम्पूर्ण आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय लगायत शाखाहरुमार्फत दरखास्त दिन सक्नेछन् ।
उक्त तालिम नेपालगंज शाखा कार्यालय गोविन्द प्रसाद उपाध्यायद्धारा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ । साथै जुममार्फत समेत तालिम संचालन हुृने कम्पनीले जनाएको छ ।