मुलुकको समग्र बीमाको पहुँच ४० प्रतिशत नजिकै, अन्य सूचांक कस्तो ?

१८ जेष्ठ २०७९, बुधबार १७:१२

काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा बीमाको दायरा ३९।१२ प्रतिश पुगेको छ। समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तिव्रता दिादा बीमाको दायरा झण्डै ४० प्रतिशतमा पुगेको बीमा समितिको तथ्यांकमा देखाईएको छ।

त्यस्तै सरकारले एक घर एक बीमा अवधारणा ल्याएको छ । यसले बीमाको दायरा विस्तार गर्न थप सहयोग गर्ने बीमा समितिका अध्यक्ष सूर्य सिलवाल बताँउछन् । बीमा समितिको लागि यो निर्णय सकारात्मक रहेको उनको भनाई छ ।

बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुको म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख सहित) करिब ३९ प्रतिशत माथि पुगेको छ । गत आर्थिक वर्षको तुलनामा बीमाको पूहँच १३ प्रतिशतले बढेर ३९.१२ प्रतिशत पुगेको हो ।

म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक पनि बीमाको पहुँच ३६.२९ प्रतिशत पुगेको बीमा समितिले जनाएको छ । जीवन बीमाको दायरामा प्रति व्यक्ति बीमालेख गणना गरिने भएकोले सामुहिक बीमालेखलाई प्रति व्यक्ति बीमालेखमा गणना गरिएकोले पनि दायरा विस्तार उल्लेख सुधार भएको समितिले जनाएको छ ।

त्यस्तै समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग अन्तक्रिया कार्यक्रम गर्दै आईरहेको छ । यसले पनि केही सार्थकता दिएको हो कि भन्ने बीमा अधिकारीहरु बताँउछन् । त्यस्तै, स्थानिय चुनाव सकिए लग्तै मेयर एवं उपमेयरहरुले बीमालाई समेटेको छ । जसले गर्दा पनि बीमाको दायरा विस्तार थप सहयोग पुग्ने बीमा अधिकारी बताँउछन् ।
समितिले प्रदेश तथा स्थानिय सरकारसंग छलफलको कामलाई तिव्रता दिएसंगै दायरा विस्तारको लक्ष्य पूरा भएको समितिको दाबी छ ।

चालु आर्थिक वर्षको बैशाखसम्ममा जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी र बैदेशिक रोजगार बीमाले सहित) १ करोड २३ लाख ७१ हजार ६९१ वटा बीमालेख जारी भएको समितिको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ४७.३२ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ८३ लाख ९७ हजार ७५५ वटा बीमालेख जारी गरेका थिए ।
त्यस्तै बैदेशिक रोजगार बीमालेख संख्या पनि २०.०१ प्रतिशतले बढेर ८ लाख ८४ हजार ६६७ वटा बीमालेख जारी भएका छन् । गत आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले ७ लाख १२ हजार १७८ वटा बीमालेख बिक्री गरेका थिए ।

कुल जीवन बीमालेख संख्या ४९.८५ प्रतिशतले बढेर १ करोड २३ लाख ७१ हजार ६९१ वटा पुगेको छ । यस्तै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क पनि १४.६५ प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको बीमा समितिको तथ्यांक छ । गत आर्थिक वर्षको यहि अवधिमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा बीमा कम्पनीहरुका ३ हजार २८४ वटा शाखा कार्यालहरुमा ११ हजार ८७५ जना कर्मचारीहरु कार्यरत छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*