लघुवित्त र सहकारीलाई नियमनको लागि छुट्टै नियामक निकाय स्थापना गरिदै

१८ जेष्ठ २०७९, बुधबार ११:५०

काठमाडौं । लघुवित्त र सहकारीहरुलाई नियमन गर्न छुट्टै नियामक निकाय गठन हुने भएको छ । बजेटमा व्यवस्था भए अनुसार सरकारले लघुवित्त र सहकारी संस्थाहरुलाई नियमनको लागि छुट्टै नियामक निकाय गठन गर्ने तयारी गरेको हो ।

अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले सेकेण्ड टायर इन्स्टीच्युसन मोनिटरिङ हुने गरी छुट्टै नियामक निकाय गठन गर्ने तयारी अघि बढाउन लागेको छ । नेपाल बाहिर यस प्रकारको अभ्यास रहेकोले नेपालमा पनि कोर बैंकिङ कारोबार गर्ने बाहेकका निकायहरुलाई नियमन गर्ने गरी छुट्टै नियामक निकाय गठन गर्न लागिएको हो ।

नयाँ गठन हुने नियामक निकायले सहकारी र लघुवित्तलाई विशेष रुपमा नियमन गर्नेछ । सरकारले लघुवित्त कम्पनीहरुका लागि पाँच खर्बको कोष खडा गर्दैछ । सो कोषको दुरुपयोग हुन नदिन, सही रुपमा किसान, निम्न आय भएका जनताको बीचमा पुर्याउन पनि यस्तो खालको नियामक निकाय आवश्यक पर्ने भएकोले सेकेण्ड टायर इस्टिच्यूशनल मोनिटरिङको कन्सेप्ट अघि सारिएको हो ।

यद्यपि यस्तो नियामक निकाय तत्कालै भने गठन गर्न मिल्दैन । यसको लागि छुट्टै ऐन तथा नियमावली आवश्यक पर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*