नेपाल राष्ट्र बैंकको ‘वैदेशिक रोजगार बचतपत्र’ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपलाीहरुका लागि ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ जारी गर्न लागेको हो ।
राष्ट्र बैंकले १२.५० प्रतिशत ब्याजदर तथा ५ वर्षे अवधि रहेको ५० करोडको बचतपत्र निष्काशन गर्न लागेको हो । इच्छुक वैदेशिक रोजगारमा जाने नेपाली तथा गैरआवासीय नेपालीले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी दरखास्त दिन सक्नेछन् । उक्त बचतपत्रमा ६।६ महिनामा ब्याज भुक्तानी हुनेछ ।
यो बचतपत्र जेठ १८ देखि असार ६ गतेसम्म बिक्री खुल्ला रहनेछ । निष्काशत मिति असार १३ गते रहेको छ भने साँवा भुक्तानी मिति २०८४ असार १३ गते रहेको छ ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन।दिन पनि सकिने राष्ट्र बैंकले जनाएको छ । यस बचतपत्रका लागि मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन् ।