सगरमाथा इन्स्योरेन्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त
१७ जेष्ठ २०७९, मंगलवार १५:२९
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको गत वैशाख २८ गते सम्पन्न २५औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षकमा जेबिआरएच एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको हो ।