हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्न एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सबीच सहमति, स्वाप रेसियो १००ः८५

१७ जेष्ठ २०७९, मंगलवार १२:१५

काठमाडौं । पहिलो मर्जरको रुपमा सम्झौता गरेका हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच थप सहमति भएको छ । दुई कम्पनीले गठन गरेको कार्यदलले दुई कम्पनी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा बीमाको कारोबार गर्ने सहमति भएको छ । केही दिन पहिले बसेको बैठकले यस्तो सहमति गरेको हो ।

सहमति अनुसार स्वाप रेसियो समेत तय गरेको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको स्वाप रेसियो ८५ः१०० कायम गरिएको छ । अर्थात हिमालयन जरनल इन्स्योरेन्स कम्पनीको ८५ कित्ता शेयर बजार एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर १०० कित्ता हुनेछ । डिडिए पश्चात दुवै कम्पनीको स्वाप रेसियो तय गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*