सगरमाथा इन्स्योरेन्सको कार्यान्वयन अधिकृतमा भगवान व्यापक गौंडेल नियुक्त
१७ जेष्ठ २०७९, मंगलवार १२:०६
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यान्वयन अधिकृत नियुक्त गरेको छ । कम्पनीले सो पदमा कम्पनीका सहायक प्रबन्धक भगवान व्यापक गौंडेललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको छ ।
सगरमाथा इन्स्योरेन्सले जेठ १ गतेदेखि लागू हुनेगरि कार्यान्वयन।परिपालना अधिकृतमा गौंडेललाई नियुक्त गरेको हो ।
साथै उनलाई कम्पनीको संस्थागत सुशासन कायम गर्न र बीमा समितिमा समन्वय गर्नका लागि जिम्मेवारी समेत तोकिएको कम्पनीले जनाएको छ ।