नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

१६ जेष्ठ २०७९, सोमबार १६:५६

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ११ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमुल्य ५३१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५७८९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले जेठ ३० गते नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी ७३औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*