नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१६ जेष्ठ २०७९, सोमबार १५:३४

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा ४५ अंकको पहिरो गएको छ । बजेट घोषणापछि शेयरबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा टुक्रिएको छ ।

लगानीकर्ताहरुले शेयरबजारको हक हित र लगानीकर्ताहरुको संरक्षणका निमित्त बजेटमा समावेश हुने अपेक्षा राखेका थिए । तर बजेटमा पुँजीबजार केन्द्रित खासै प्रत्यक्ष सम्बोधन नभएको कारण लगानीकर्ताहरुमा उत्साह घट्दै गइरहेको छ ।

आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से इन्डेक्स ४५ अंकले घटेर २१ सयको विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज सर्वाधिक बीमा कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ ।

आज सर्वाधिक नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमा आज ९.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको ७.३६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ७.२७ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ६.०७ प्रतिशत र युनाईटेठ इदि मार्दीको ६.०२ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*