एभरेष्ट इन्स्योरेन्सले डाक्यो असार २ गते विशेष साधारण सभा, मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने

१६ जेष्ठ २०७९, सोमबार १२:३९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले उक्त सभा असार २ गते अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

कम्पनीले हिमालयन जनरल इन्स्योरेन्ससँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा डाकेको हो । गत वैशाख २३ गते मर्जर प्रक्रिया सुरु भएदेखि नै एभेरष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सले पनि एभरेष्ट इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गर्न असार २ गते नै विशेष साधारण सभा आह्वान गरेको छ । बीमा कम्पनीको नियमक निकाय बीमा समितिले निर्जिबन बीमा कम्पनीहरुको चुँक्तापुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएसँगै यी दुई कम्पनी मर्जरमा जान लागेका हुन् ।

यी दुई इन्स्योरेन्स मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ । तर दुवै कम्पनीको लाभांश वितरण गर्न बाँकी रहेको कारण मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्तापुँजी भने अझै पुग्ने छैन ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*