हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, एभरेष्ट इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले एभरेष्ट इन्स्योरेन्ससँग एक आपसमा मर्जरमा जानको लागि विशेष प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको जेठ १५ गते बसेको संचालक समितिको बैठकले हिमालयन जनरल इन्स्योरेन्स र ऐभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभ्ने अर्थात् मर्जरमा जाने प्रयोजनका लागि असार २ गते बिहिबार एयरपोर्ट होटल, एयरपोर्ट, काठमाडौंमा विहान ११ बजे बस्नेगरी विशेष साधारण सभा आह्वान गरेको हो ।
वैशाख २३ गते मर्जर प्रक्रिया सुरु भएदेखि नै यी दुई कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । साथै जेठ २५ गतेसम्म शेयरधनी लगत कितावमा नाम रहेका सबै धेयरधनीहरुले विशेष साधारण सभामा उपस्थित हुन पाउनेछन् ।
यी दुई कम्पनीको मर्जर पछि बन्ने नयाँ कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुँजी हुनेछ । मर्जरपछि पनि बीमा समितिले तोकेको साढे दुई अर्ब चुक्तापुँजी भने अझै पुग्ने छैन ।
एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सले ६.६५ प्रतिशत बोनस शेयरधनीहरुमा अझै वितरण गरेको छैन । सो वितरणपश्चात नयाँ कम्पनीको चुक्तापुँजी १ अर्ब १७ करोड ३१ लाख रुपैयाँमा मात्रै सीमित हुनेछ ।