दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा

१६ जेष्ठ २०७९, सोमबार १०:५८

काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत अवस्थामा रहेकोले छिट्टै बीमा दावी हिमलायन जनरल इन्स्योरेन्समा पर्नेछ ।

तारा एयरको जहाज दुर्घटनामा २२ जना यात्रु तथा पाइटलको २२ लाख डलर तथा अन्य रकम जहाजको लाईफसाईकलको आधारमा निर्धारण हुनेछ । सो आधारमा कम्पनीमा पनि सो घटनामा एक अर्ब जति रकम बीमा दावी पर्नेछ ।

हवाई बीमा नेपाली बीमा कम्पनीले बीमा गराएपनि ९९.५ प्रतिशत जोखिम अन्यत्र हुने हुँदा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमाथि ठूलो आर्थिक भार भने पर्नेछैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*