सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने

१६ जेष्ठ २०७९, सोमबार ०९:५५

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई सार्थक बनाउन जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोलिदिने जनाएको हो ।

यस अभियानबाट विशेषता पुँजी बजारभन्दा बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुालर्य फाइदा पुग्ने र सर्वसाधारणहरुको डिम्याट खाताको पहुँच बृद्धि हुने विश्वास कम्पनीले लिएको छ ।

यस निःशुल्क डिम्याट खोल्ने सुविधा सनराइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौं तथा सनराइज बैंकका सम्पूर्ण शाखा कार्यालय र सनराइज क्यापिटलको वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*