मुस्ताङको थासाङ–२ कोबाङसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको ट्वीनअटर जहाज

१६ जेष्ठ २०७९, सोमबार ०७:५३

काठमाडौं । हिजोदेखि फेला नपरेको तारा एयरको जहाज आज विहानै दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङ्को लेतेबाट एक स्थानीयबासीले दिएको जानकारी अनुसार लेते र कोबाङ्भन्दा माथि थासाङ–२ कोबाङसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

दुर्घटना भएको स्थान मानापाथी हिमालको फेदी पर्ने प्रहरीले जनाएको छ । मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएकोले दुर्घटनाको पुष्टि भएको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

अहिले सो क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

तस्विर सौजन्यः इकान्तिपुर (यार्सा टिप्नेहरुले खिचेर प्रहरीलाई पठाएको तस्विर)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*