बीमा कम्पनीहरुको पुँजिबृद्धि बजेटमा समेटिएन, अब के हुन्छ ?

१५ जेष्ठ २०७९, आईतवार २०:२४

काठमाडौं । बीमा कम्पनीहरुको पुँजि बृद्धि गर्ने बीमा समितिको निर्णय आज संसदमा प्रस्तुत भएको बजेटमा समावेश हुन सकेन । संसदमा समावेश हुन नसक्नुले बीमा क्षेत्रमा बीमा समितिले मच्चाएको पुँजिबृद्धिको आतंकमा सरकारले अपनत्व नलिएको प्रष्ट भएको छ ।

सामान्यतया, सरकारी निकायहरुबाट भएका काम कारवाहीहरु बजेटमा समावेश भएर सरकारको प्रगति तथा योजनाको रुपमा आउने गर्दथे । आगामी आर्थिक वर्षको बजेटमा बीमा कम्पनीहरुको पुँजि साढे दुई गुणा बनाउने बीमा समितिको यसअघिको निर्णय समावेश नहुनुले कार्यान्वयनमा चुनौति थपिने देखिएको छ ।

उक्त निर्णय आज प्रस्तुत भएको बजेटमा समावेश भएको भए कार्यान्वयनका लागि बीमा कम्पनीहरुमाथि थप दवाव पर्ने थियो । बजेटमा समावेश नभए पनि नियामक निकाय बीमा समितिले गरेको निर्णय कार्यान्वयनमा बाधा पर्नेछैन । साथै कम्पनीहरुले समय माग गरेको खण्डमा दिनैपर्ने दवाव बीमा समितिमाथि पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*