बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !

१५ जेष्ठ २०७९, आईतवार १९:३४

काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि सारेको हो ।

हालसम्म कोरोना बीमाको दावी भुक्तानी बक्यौता ११ अर्ब ४३ करोड ५६ लाख रुपैयाँ बक्यौता छ । कोरोना बीमामापदण्डमा व्यवस्था भए अनुसार सो रकम सरकारले तिर्नुपर्ने भन्दै बीमा कम्पनीहरु पन्छिदै आएका छन् ।

अर्थमन्त्रालयका अनुसार कोरोना बीमाको दावी भुक्तानी गर्न सरकारले महाविपत्ति बीमा बण्ड जारी गरेर सम्पन्न गर्ने योजना अघि सारेको छ । यही योजना अन्तर्गत महाविपत्ति बीमा बण्ड अघि सारिएको अर्थ मन्त्रालयका उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए । उच्च अधिकारीले भने, ‘कोरोना पनि महावित्ति नै हो । आगामीमा दिनमा यस्ता महाविपत्ति आएमा त्यसलाई समेत समेट्न सकिने गरी वृहद योजना अघि सारिएको हो ।’

बजेटमै परेपछि कोरोना बीमाको रकम बीमितहरुले पाउने भएका छन् । तर, तत्कालै भने पाउने छैनन् । त्यसको लागि महाविपत्ति बीमा बण्ड सम्बन्धी कार्यविधि पारित भई बण्ड संकलन भएपनि मात्रै बीमितले रकम पाउनेछन् । यस आधारमा आगामी आवभित्रमा भने आम सर्वसाधारणहरुले पाउन सक्ने देखिएको छ । यसअघि बजेटमा नपरेका कारण सरकारले कोरोना बीमाका दावी भुक्तानी गर्न सकेको थिएन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*