आयकरको स्ल्याब सीमा बढ्यो, अविवाहितलाई पाँच लाख र विवाहितलाई छ लाख रुपैयाँसम्म कर छुट

१५ जेष्ठ २०७९, आईतवार १८:४९

काठमाडौं । सरकारले आयकरको स्ल्याब बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि बार्षिक चार लाख रुपैयाँ र साढे चार लाख रुपैयाँ रहेकोमा आगामी वर्षदेखि व्यक्तिगत आयमा लाग्ने आयकरको सीमा अविवाहितको लागि पाँच लाख र विवाहितको लागि छ लाख रुपैयाँ कायम गरिएको छ ।

नयाँ व्यवस्थासँगै दम्पत्तिले मासिक ५० हजार र एक्लो व्यक्तिले मासिक ४१ हजार ६६७ रुपैयाँसम्मको आयमा कर छुट पाउने छन् ।
त्यस्तै जीवन बीमा गरेमा बार्षिक ४० हजार रुपैयाँसम्मको आम्दानीमा थप छुट पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*