लघुबीमाको लाईसेन्स वितरण गर्ने बजेटमार्फत अर्थमन्त्रीको घोषणा

१५ जेष्ठ २०७९, आईतवार १८:२९

काठमाडौं । बीमा क्षेत्रमा भइरहेका गतिविधिमा नीतिगत भ्रष्टाचारमा पर्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज घोषणा गरेको बजेटमै नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । अर्थमन्त्री शर्माले बजेटमार्फत लघुबीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने घोषणा गरेका छन् ।

विद्यमान बीमा ऐनमा लघुबीमालाई लाइसेन्स दिने व्यवस्था नभएपछि अर्थमन्त्री शर्माले लघुबीमाको लाईसेन्स वितरण गर्ने कुरा बजेटमै राखेर ल्याएका हुन् । बीमा समितिले लघुबीमाको लाईसेन्स वितरणको लागि दर्जनभन्दा बढि कम्पनीहरुको निवेदन दर्ता गरेर तयारी अवस्थामा रहेको बेला अर्थमन्त्री शर्माले बजेटमै लघुबीमाको लाईसेन्स वितरण गर्ने घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*