शैक्षिक गुणस्तर कार्यक्रमका लागि ८ अर्ब ८८ करोड रुपैयाँ विनियोजन

१५ जेष्ठ २०७९, आईतवार १८:१०

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम आगामी आर्थिक वर्षमा १ हजार २०० सामुदायिक विद्यालयको प्राविधिक पूर्वाधार सहितको विद्यालयत भवन निर्माण गरिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आगामी आवको बजेट घोषणा गर्दै यस्तो बतएका हुन् ।

शिक्षकको कार्यक्षमता विकास, कार्यमुलक अनुसन्धान र परियोजना कार्यमा आधारित शिक्षण सिकाई र विद्यार्थीको क्षमता बृद्धि गर्न वार्षिक कार्ययोजना बनाई शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने कार्यक्रम संचालन गर्ने अर्थमन्त्री शर्माले बताए ।

उक्त कार्यक्रमको लागि आगामी वर्षको लागि ८ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*