प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गरिने

१५ जेष्ठ २०७९, आईतवार १७:०५

काठमाडौं । सरकारले प्रत्येक संघ, प्रदेश र स्थानीय तहमा सीपमूलक तालिम संचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने घोषणा गरेको छ ।

आज संसद भवनमा अर्थमन्त्री जर्नादन शर्माले आगामी आव २०७९।०८० को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
सबै बेरोजगार ब्यक्तिको योग्यता र क्षमताअनुसार सीपसमेत उल्लेख हुनेगरी तथ्याङ्ग अद्यावधि गरिने आज बजेट घोषणामा उनले मन्त्री शर्माले बताएका हुन् ।

साथै कृषि तथा वन पर्यटन पूर्वाधार, सूचना प्रविधि, औद्योगिक र घरेलु तथा साना उद्योग क्षेत्रलाई रोजगारी सिर्जना क्षेत्रको स्तम्भको रुपमा विकास गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*