५ खर्बको लघुवित्त कोष स्थापना गर्ने सरकारको घोषणा
१५ जेष्ठ २०७९, आईतवार १६:३२
काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि आज बजेट पेश गरेका छन् ।
मन्त्री शर्माले ५ खर्ब बराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेका छन् । कृषकहरुलाई आवश्यक पर्ने कर्जा घरदैलोमा सरल र सहज रुपमा उपलब्घ गराउन, उक्त कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विपन्न क्षेत्र तथा कृषि उत्पादन क्षेत्रमा प्रवाह गनुपर्ने रकम लगानी गर्नुपर्ने व्यवस्था मिलाएको मन्त्री शर्माले बताएका हुन् ।