रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१५ जेष्ठ २०७९, आईतवार १३:३९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीको भण्डारा शाखाले उक्त बीमा दाबी भुक्तानी गरेको हो ।

कम्पनीले बेनीघाट रोराङ गाँउपालिका ९ खटौटी निवासी सन्तोष तिवारीको परिवारलाई वैदेशिक रोजगारीमा गएको परिवारलाई मृत्यु बीमा दाबी वापत १४ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ । उक्त चेक चितवनका रिजनल प्रुमख राजेन्द्र पौडेलले हस्तान्तरण गरेका थिए ।

वैदेशिक रोजगारीको शिलशिलामा गएका तिवारीले जीवन बीमा गराएका थिए । नेपालमा आउदा सडक दुघर्टनामा पर्दा उनको मृत्यु भएको थियो ।
कार्यक्रममा शाखाका प्रमुख कुल राज शर्मा, मार्केटिङ प्रमुख हेमराज बस्नेत तथा एजेन्सी म्यानेनजर कविता थापा क्षेत्री र स्थानिय सहभागीहरुको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*