दुर्घटनाग्रस्त जहाज लेतेभन्दा माथि थासाङ–२, नौलीकोटमा, सशस्त्र प्रहरी पुग्दै

१५ जेष्ठ २०७९, आईतवार १३:३२

काठमाडौं । मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर जहाजको दुघर्टनास्थल मुस्ताङ्कै लेते र कोबाङभन्दा अझै माथि नौलीकोट भन्ने स्थानमा फेला परेको छ । लेतेका स्थानीयबासी चन्द्रमोहन गौचनले जानकारी दिए अनुसार कोबाङभन्दा माथिको हिम पहिरो आएको स्थानमा जहाज ठोक्किएको खवर छ ।

सो स्थानमा सशस्त्र प्रहरीको टोली पुग्नै लागेको मुस्ताङबाट प्राप्त समाचारमा जनाइएको छ । स्थानीयबासीले टेलिफोनबाट दिएको जानकारी अनुसार केही अघि हिम पहिरो गएकै स्थान नजिकै तारा एयरको ९एनएईटी जहाज ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । सो स्थान अत्यन्तै विकट र हिडेर त्यहाँ पुग्न निकै कठिन भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*