सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

१४ जेष्ठ २०७९, शनिबार २०:३२

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम आजपारित भएको हो।

सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग गरेका थिए। निरन्तर तीन दिन लामो बहसपछि शनिवार पारित गरिएको हो। छलफलमा अधिकांस समय राजनीतिक बिषयमाथि टिकाटिप्पणी भएको थियो।

नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दलका नेता केपीशर्मा ‌ओलीले वेतुकको दस्तावेज भनेर टिप्पणी गरेका थिए। तीन घण्टा लामो भाषणका क्रममा उनले सत्ता गठबन्धनलाई गाली गरे भने केही समय नीति तथा कार्यक्रममा खर्चिएका थिए।

पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाललगायतले पनि धारणा राखेका थिए।

शनिवार करिव तीन दर्जन सांसदले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रश्नको जवाफ दिएपछि पारितका लागि निर्णयार्थ पेश गरिएको थियो। त्यसपछि नीति तथा कार्यक्रम पारित भएको हो।

सरकारले आइतबार संवैधानिक ब्यवस्था अनुसार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दैछ। त्यसअघि शनिवार सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*