भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा

१३ जेष्ठ २०७९, शुक्रबार १६:५६

काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर तथा प्रचण्डकी छोरी रेनु दाहाल आज ललिपतुरमा दुर्घटनामा पुगेकी छिन् । उनको टाउकोमा चोट लागेको छ ।

मेयर रेनु दाहाल सवार गाडी ललितपुरको जावलाखेल नजिकै सडकमा गुडिरहेको बेला अगाडिको टायर पन्चट भई सडकको पोलमा ठोक्किन पुग्दा गाडीभत्रै टाउकोमा ठोक्किएर चोट लाग्न पुगेको जनाइएको छ । तत्कालै सुमेरु अस्पतालमा लगेर उपचार गरिएको छ ।

प्रचण्ड निवास स्रोतका अनुसार उनको टाउकोमा लागेको चोट सामान्य भएको र सिटी स्क्यानमा भित्री चोट नदेखिएकोले अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*