मौद्रिक नीतिको समिक्षामा शेयर धितो कर्जा ४/१२ यथावत्, असारसम्म सीमाभित्र कर्जा झार्नैपर्ने बाध्यता

१३ जेष्ठ २०७९, शुक्रबार १२:१९

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई यथावत् राख्दै समिक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जा ४ र १२ करोडको सीमालाई यथावत् राख्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । अब सेयर लगानीकर्ताले असारसम्म सीमाभित्र कर्जा झारिसक्नुपर्ने दबाब बढेको छ ।

केन्द्रीय बैंकले एउटा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोडको सीमा असार मसान्तभित्र कर्जा झारिसक्नुपर्ने व्यवस्था गरेको थियो । त्यो समयसीमालाई १ वर्ष थप्न लगानीकर्ताले गरेको आग्रहलाई केन्द्रीय बैंकले वेवास्था गरेको छ । अब सेयर लगानीकर्ताले असार मसान्तभित्र सीमाभित्र झारिसक्नुपर्ने दबाब परेको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई छोएन। लगानीकर्ताहरुले उक्त नीति आएदेखि नै विरोध जनाउदै आएको भए पनि केन्द्रिय बैंकले भने उक्त विषयलाई सम्बोधन गरेको छैन्।

तेस्रौ त्रैमासिक समीक्षाअघि पनि लगानीकर्ताहरुले ४/१२ करोडको नीतिलाई हटाउनु पर्ने, शेयर कर्जामा बढाइएको जोखिम भारित औसतलाई घटाउनु पर्ने, मर्जरमा गएका कम्पनीहरुको कारोबार रोक्न नहुने तथा तरलताको समस्या सामाधान गर्ने नीति ल्याउनु पर्ने माग राखेका थिए। तर केन्द्रिय बैंकले ती कुनै पनि मागलाई सम्बोधन गरेको छैन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै लगानीकर्ताले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग सिस्टमबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। कतिपय लगानीकर्ताले केन्द्रिय बैंकको यही नीतिको कारण शेयर लगातार घट्दो क्रममा रहेको समेत बताउँदै आएका छन्। तर केन्द्रिय बैंकले भने तेस्रो त्रैमासिक समीक्षामा पनि त्यसलाई चलाएको छैन।

असारदेखि बैंक तथा वित्तीय प्रवाह गर्ने शेयर धितो कर्जाको जोखिम भारित औसतलाई बढाएर १५० प्रतिशतसम्म पुर्याएको छ। यसले गर्दा बैंकहरु शेयरबजार भन्दा पनि अन्य क्षेत्रमा कम जोखिम भारित औसत रहेको कर्जा प्रवाहमा बढी केन्द्रित हुने देखिन्छन्। लगानीकर्ताले यसको संशोधनको लागि लविङ गर्दै आएको भएपनि केन्द्रिय बैंकले भने त्यसलाई संशोधन गर्न चाहेन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*