हिमालयन बैंकले बन्ड जारी गर्ने

१३ जेष्ठ २०७९, शुक्रबार १०:३०

हिमालयन बैंकले बन्ड जारी गर्न बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टेमन्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ । हिमालयनले १ हजार रुपैयाँ अंकित दरको २५ लाख कित्ता बन्ड जारी हुनेछ । जस अनुसार २ अर्ब ५० करोड रुपैयाँको बन्ड जारी हुनेछ । यसमा ब्याजदर १०।५०५ हुनेछ ।

१०।५०५ हिमालयन बैंक लिमिटेड बण्ड २०८६ नाममा बन्ड निष्कासन हुनेछ । यस सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज।ब।रा। र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृतिपश्चात निष्कासन हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*