एशियन लाइफको व्यतित बीमालेखमा छुट

१२ जेष्ठ २०७९, बिहीबार ११:१४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बीमितहरुलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म व्याज छुट दिने भएको हो । कम्पनीले भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो ।

कम्पनीको सूचना अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट पाउने भएका हुन् ।
यो छुट २०७९ जेठ १२ गतेदेखि २०७९ असार १५ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ ।

साथै, २०८० जेठ ११ गते भन्दा अघि परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, एक पटक व्याज छुट लिएका बीमितले बीमा अवधिभरी पुनः छुट पाउने छैनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*