गरिमा विकास बैंकद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

१२ जेष्ठ २०७९, बिहीबार ११:०५

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर वापतको रकम जममा गर्न आग्रह गरेको छ ।

कम्पनीको गत चैत १८ मा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न बैंकले आग्रह गरेको हो ।

सम्बन्धित शेयरधनीहरुले बोनस शेयर पाउनका लागि गरिमा विकास बैंक लिमिटेड लाजिम्पाट, काठमाडौंको खााता नं. ०४०००१०१०१३८९३०००००१ को ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७–०७८’नाममा कर वापतको रकम जम्मा गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*