फुलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिए धरानका मेयर हर्क राई

११ जेष्ठ २०७९, बुधबार २१:५६

काठमाडौं । धरान उप महानगरपालिकामा मेयर पदमा निर्वाचित भएकै भोलिपल्ट हर्क राई फूलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिएका छन् । निर्वाचनमा बिजयी भएको भोलिपल्ट अन्य मेयर तथा पालिका अध्यक्षहरु बिजय उत्सव र जुलुस मनाइरहँदा हर्क साङपाङ राइ भने धराने जनताको पिउने पानीको समस्या समाधान गर्र्न दौडिए ।

उनले विहानभरि बिजय उत्सव पनि मनाए । स्थानीयबासीले लगाएको खादा माला घाँटीमा पहिराए । सिन्दुर जात्रामा पनि सहभागी भए । अनि जब सकियो अनि लगत्तै फूलमाला फुकालेर खानेपानीको पाइप बोक्न दौडिए । उनी नदिमा पुग्दा अनुहार अनि टाउकोमा लगाएको अबिरको रंग जस्ताको तस्तै थियो । खानेपानीको पाइप बनाएर जनतालाई पानी खुवाउन खोलामै पुगेको दृष्य सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*