हिमालयन बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने
१२ जेष्ठ २०७९, बिहीबार ०६:०२
काठमाडौ । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०।५० प्रतिशत रहेको छ ।
उक्त सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर ज।ब।रा। र नबिल इन्भेष्टमेन्ट बैंकिंगको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।