नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको शेयर कारोबारमा आउने

११ जेष्ठ २०७९, बुधबार १५:००

काठमाडौं । धितोपत्र दोस्रो बजारमा एक वर्षभन्दा बढी समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर अब कारोबारमा आउने भएको छ ।

यी दुवै बैंक एक आपसमा मर्जरमा जाने भनेसँगै २०७८ साल वैशाख ३१ गतेदेखि दुवै बैंकको शेयर कारोबार रोक्का रहेको थियो ।
नेपाल राष्ट्र बैंकलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंकको आधारभूत शेयरधनीहरु बाहेकको शेयर कारोबार सुचारु गराउन निर्देशन दिएसँगै नेप्सेले दुवैको शेयर फुकुवा गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेप्सेका अनुसार राष्ट्र बैंकको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था मिलाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाइसकेको जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आधारभूत शेयरधनीहरुको शेयर मात्र रोक्का राखी सर्वसाधारणको शेयर फुकुवा भएपश्चात् धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जानकारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*