मिर्मिरे लघुवित्तको ६५ हजार कित्ता शेयर अन्य ब्यक्तिलाई बिक्री गरिने
११ जेष्ठ २०७९, बुधबार ११:५२
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुको शेयर बाहिरी अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रचलित नियमअनुसार यसअघि गत चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरुलाई सो शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेकाले उक्त शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।
उक्त मितिमा प्रकाशित सूचना बमोजिमको ६५ हजार कित्ता संस्थापक शेयर बाहिरी व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।