अपि पावर कम्पनीले नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्यायो
काठमाडौं। अपि पावर कम्पनीले यसअघि निश्चित अवधिमा नबिकेको हकप्रद शेयर फेरि बिक्रीमा ल्याएको छ। कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर जेठ १८ गतेदेखि लिलामीमा विक्री गर्ने भएको हो ।
कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गर्ने भएको हो ।चैत १३ गतेसम्म कायम शेयरधनीहरुका लागि जारी भएको उक्त हकप्रद शेयर खरीदका लागि तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ५ गते बाँडफाँट गरिएको थियो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकित गरि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न पाउनेछन् ।
कम्पनीको प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।