महालक्ष्मी लाइफद्धारा पुँजी बृद्धिको लागि संस्थापक शेयरधनीलाई रकम जम्मा गर्न आग्रह

११ जेष्ठ २०७९, बुधबार ११:३८

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले ३० दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

इन्स्योरेन्सको वैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णयअनुसार अधिकृत पुँजी, चुक्ता पुँजी तथा जारी पुँजी बृद्धि गर्न आफ्ना संस्थापक शेयरधनीहरुलाई ५०% रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीले सो साधारण सभाबाट कम्पनीको पुँजी बृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने निर्णय भएको र सोही बमोजिम प्रबन्धपत्रमा संशोधन समेत कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख भैसकेको भन्दै संस्थापक शेयरधनीहरुलाई रकम जम्मा गर्न भनेको हो ।

कम्पनीको जेठ १० गते सम्पन्न संचालक समितिको बैठकले साविक संस्थापक शेयधरनीहरुबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको हुूँदा कम्पनीको वेबसाइटमा उपलब्ध शेयर लगानी फारम पूर्ण रुपमा भरी कम्पनीको खाता रहेको सिद्धार्थ बैंक लिमिटेड हात्तीसारको खाता नं. ००११५४९२३४०, एनआइसी एशिया बैंक थापाथलीको खाता नं. ५४४१०००७४४८५२४०२ र माछापुच्छ्रे बैंक लाजिम्पाटको खाता नं. ९९९००५३९६७७०००१७ मा जम्मा गर्न आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*