आर्दश लघुवित्त र राप्ती हाइड्रोलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

११ जेष्ठ २०७९, बुधबार ११:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ जारी गर्न अनुमति प्रदान गरेको हो ।

आदर्श लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरका ६७ हजार कित्ता शेयर निष्काशनका लागि बोर्डसमक्ष निवेदन पेश गरेकोमा सबोनले जेठ १० गते आइपीओ निष्काशनका लागि स्वीकृति दिएको हो ।

त्यस्तै, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले अंकित मूल्य १०० रुपैयाँ २९ करोड ४१ लाख रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पत्र पेश गरेकोमा बोर्डले जेठ १० गते स्वीकृति दिएको हो ।

दुवै कम्पनीले स्वीकृति पाएपश्चात अब आइपीओ जारी मिति तय गरी सर्वसाधारणहरुमा शेयर निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*