किसान लघुवित्तको २० प्रतिशत बोनस शेयर पाउन जेठ १९ सम्म कायम हुनुपर्ने
११ जेष्ठ २०७९, बुधबार ११:०१
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो साधारण सभा प्रयोजनार्थ बुकक्लोजको मिति तय गरेको छ ।
कम्पनीको वैशाख २५ गते बसेको संचालक समितिको बैठकले जेठ २८ गते बस्ने तेस्रो वार्षिक साधारणस सभाको लागि बुकक्लोज जेठ २० गते गर्ने निर्णय गरेको छ । यसअनुसार उक्त सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउन जेठ १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको हुनुपर्दछ ।
कम्पनीले जेठ २८ गते धनगढी, कैलालीमा बिहान ११ बजे तेस्रो वार्षिक साधारण सभा बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरनीहरुलाई प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।