कालिका लघुवित्तको अध्यक्षमा चन्द बहादुर क्षेत्री नियुक्त
११ जेष्ठ २०७९, बुधबार १०:५१
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चन्द बहादुर क्षेत्री नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक समितिको अध्यक्षमा क्षेत्रीलाई नियुक्त गरेको जनाएको हो ।
यसअघि अध्यक्ष पदमा रहेका कृष्ण बहादुर खाणले वैशाख ११ गते दिएको राजिनामा कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरी रिक्त सो पदमा क्षेत्रीलाई नियुक्त गरेको हो ।
संचालक समितिलले. वैशाख ११ गतेदेखि नै लागू हुनेगरी क्षेत्रीलाई कालिका लघुवित्तको अध्यक्ष पदमा चयन गरेको हो ।