नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता शेयर बिक्री खुल्ला

११ जेष्ठ २०७९, बुधबार १०:२०

काठमाडौं । बैंक अफ काठमान्डूको संस्थापक सेयरधनी नेपाल लाइफ इ्रन्स्योरेन्समा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेको छ । बैंकले नेपाल लाइफको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता सेयर बिक्री खुला गरेको हो । यसको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (जेठ ११ गते) देखि ३५ दिन भित्र बैंकको कम्पनी सचिव कार्यालयमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*