भरतपुर महानगरमा आज उप्रान्त जन्मने सबै छोरीलाई एक लाखको बीमा सुविधा, मेयर रेनुले गरिन् पहिलो हस्ताक्षर

११ जेष्ठ २०७९, बुधबार ०९:३९

चितवन । भरतपुर महानगरपालिकाभित्र आजबाट जन्मेका सबै छोरीहरुले एक लाख रुपैयाँको बीमा सुविधा पाउने भएका छन् । भरतपुर महानगरपालिकाको मेयर पदमा बिजयी रेनु दाहालले आज विहान पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा छोरी बीमा सम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी छिन् ।

भरतपुर महानगरका अधिकृत डम्बर बहादुर विश्वकर्माले छोरी बीमा कार्यक्रम आजैबाट लागू भएको बताए । उनले भरतपुर महानगरका स्थायी बासिन्दाले सरकारी अस्पतालमा छोरी जन्माउनेले यस्तो सुविधा पाउने छन् । घरैमा बच्चा जन्माएमा यस्तो सुविधा पाउने छैनन् । छोरीहरु १५ वर्ष उमेर पुरा भएपछि जीवन बीमा बापतको रकम प्राप्त गर्नेछन् । यससम्बन्धी सम्झौता भने हुन बाँकी छ । नेपालमा सञ्चालित बीमा कम्पनीहरुसँग छलफल गरेर सम्झौता गरिने महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताइन् । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरिन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*