काठमाडौंमा २२ हजार मात्रै मत गणना बाँकी, बालेन साहले ५४ हजार पुग्दा सिर्जनाको ३४ हजार

११ जेष्ठ २०७९, बुधबार ०८:५६

काठमाडौं । गत बैशाख ३१ गतेदेखि जारी काठमाडौं महानगरपालिकाको मत गणना अब लगभग अन्तिम चरणमा पुगेको छ । आजबाट बालेन साहले जित सुनिश्चित हुने भएको छ । कूल खसेको एक लाख ९० हजार भोट मध्ये एक लाख ६८ हजार भन्दा बढि मत गनिसकिएको छ । आज विहान ६ः३० बजेसम्मको तथ्याङ्क अनुसार अब २२ हजार मात्रै मत गणना गर्न बाँकी छ ।

प्राप्त विवरण अनुसार बालेन साहले ५४,७१८ मत प्राप्त गरिसकेका छन् । उनका निकटम् प्रतिद्धन्दी नेपाली कांग्रेसकी सिर्जना सिंले ३४,६०८ मतले पछ्याइरहेकी छिन् । त्यस्तै सर्वाधिक चर्चामा रहेका एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ९,९६३ मत प्राप्त गरेका छन् । अब पाँच वटा वडाहरु १३, १४, १५, १६ र १७ मात्रैको अन्तिम परिणाम आउन बाँकी छ । उक्त वडाहरुमा पनि मत गणना सुरु भइसकेको छ ।

आजै अपरान्हबाट बालेन साहको जित सुनिश्चित हुने देखिएको छ । गन्न बाँकी भोट भन्दा बालेन साहको मत अन्तर बढि भएपछि उनको जीत सुनिश्चित हुनेछन् । यद्यपि निर्वाचन आयोगले बिजेता घोषणा गर्न भने अझै केही दिन लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*