स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गर्ने सरकारको घोषणा

१० जेष्ठ २०७९, मंगलवार १७:४९

काठमाडौं । सरकारले नेपालमा नयाँ प्रयोगको रुपमा स्वास्थ्य संस्थामा हुने मृत्युको अडिट गर्ने घोषणा गरेको छ । सरकारले आज संसदमार्फत सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारको क्रममा हुने मृत्युको अडिट गरिने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधनको क्रममा यस्तो घोषणा गर्नु भएको हो ।सरकारको यस्तो घोषणासँगै गलत उपचारबाट नागरिकको मृत्यु अन्त्य हुनेछ । अस्पतालमा पुगेका बिरामीहरुको मृत्युको कारण राज्यसँग अभिलेखिकरण गर्ने भएसँगै चिकित्सकको लापरवाही अन्त्य भई सर्वसाधारणले सही स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न यस्तो नीति अघि सारिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत संचालित सम्पूर्ण सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत गर्दै स्वास्थ्य बीमामार्फत वित्तिय व्यवस्थापन गरिनेछ ।त्यसका लागि सबै अस्पतालहरुमा एक सामाजिक सेवा इकाई स्थापना गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*