एक घर एक धारा पुर्याउने घोषणा

१० जेष्ठ २०७९, मंगलवार १७:१५

काठमाडौं । सरकारले जनतालाई खानेपानी उपलब्ध गराउन एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ । आज संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण प्रभावकारी बनाइने बताउनु भयो । पानीको सतह तथा भूमिगत स्रोत संरक्षण गर्दै खानेपानी आपूर्तिको दीगो उपाय मिलाइने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*