कर प्रणाली पुनबराकलोकन गर्ने सरकारको घोषणा, विद्युतीय वित्तिय कारोबारमा जोड

१० जेष्ठ २०७९, मंगलवार १६:५१

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणाली पुनरावलोक गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर प्रणाली पुनरावलोकन गर्ने घोषणा गर्नु भएको हो । राष्ट्रपति भण्डारीले वर्तमान कर प्रणालीलाई पारदर्शी र व्यवसायी मैत्री बनाउने घोषणा गर्नु भएको छ ।

सरकारले राष्ट्रपति मार्फत घोषणा गरेको कार्यक्रममा आगामी वर्षमा वित्तिय कारोबार विद्युत कारोबारमार्फत गर्ने जनाएको हो । हाल विद्युतीय कारोबार अनिवार्य गरिएको छैन । वित्तिय कारोबार अनिवार्य नगरिएको भएपनि कारोना महामारीपछि वित्तिय कारोबार विद्युतीय रुपमा हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*