विद्युतीयत भुक्तानी प्रणालीलाई थप सहज हुने कार्यक्रम ल्याउने
१० जेष्ठ २०७९, मंगलवार १६:३८
काठमाडौं । सरकारले डिजिटल बैंकिङको अवधारणअनुसार विद्युतीयत माध्यमबाट भुक्तानी प्रणालीलाई थप सहयोग पुराउने कार्यक्रम ल्याउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै डिजिटल भुक्तानीलाई सहज बनाउने कार्यक्रम ल्याउने बताइन् ।