बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने सरकारको घोषणा

१० जेष्ठ २०७९, मंगलवार १६:४१

काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा गरेको छ ।आज संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गर्नु भएको हो ।

सरकारले आज घोषणा गरेको नीति तथा कार्यक्रमलाई लागू गर्ने कार्य योजना आगामी जेठ १५ गते बजेटसहित सार्वजनिक गरी संसदबाट पारित भएपछि आगामी साउन १ गतेदेखि लागू हुने संवैधानिक व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*