समृद्धि फाइनान्सको ५०% हकप्रद शेयर सूचीकृत
१० जेष्ठ २०७९, मंगलवार १३:०७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न वार्षिक सधारणसभाबाट पारित भएको ५० प्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयधरनीको डिम्याट खातामा आएपछि धितोपत्र बजारमा शेयरधनीले खरिदबिक्री गर्न पाउनेछन् ।