नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने
काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ अर्ब माथिको नागरिक बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८४’ बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी सो बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।
जेठ १२ गतेदेखि जेठ ३१ गतेसम्म बोलपत्र पेस गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसको निष्कासन असार ८ गते हुनेछ भने बचतपत्रको सावाँ फिर्ता २०८४ असार ८ गते हुनेछ ।
प्रत्येक ६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरिद गर्न घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंकबराबरको रकमका लागि आवेदन दिन पाइनेछ ।